Sunday, October 13, 2024

उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा इजरायलको आक्रमण

spot_img

२७ असोज ।  उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा इजरायली सेनाले सैन्य कारबाहीलाई तीव्र पार्दा कम्तीमा ३३ प्यालेस्टाइनीको ज्यान गएको छ । केही हताहत भएका छन् ।

गाजाको सिभिल डिफेन्स अथोरिटीले एक प्रेस विज्ञप्तिमा इजरायली युद्धक विमानले जबलिया क्षेत्र र त्यसको शिविरमा बमबारी गरेको जनाएको अन्तराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

पछिल्लो आक्रमणमा बालबालिका र महिलासहित कम्तीमा ३३ जनाको शव निकालेको र ९६ जना घाइते भएका चिकित्सा टोलीले जानकारी दिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

गाजामा भइरहेको इजरायली आक्रमणबाट प्यालेस्टाइनीको ज्यान गुमाउनेको सङ्ख्या ४२ हजार एक सय ७५ जना पुगेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय