संयुक्त राष्ट्रसङ्घको ७९ औं महासभामा भाग लिन न्युर्योक पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गर्नुभएको छ ।
महासभामा भाग लिन आएका पाहुनाका लागि राष्ट्रपति बाइडेनले आयोजना गरेको स्वागत समारोहमा ओलीले उहाँसँग भेट गर्नुभयो । ओलीसँगै राधिका शाक्य पनि स्वागत समारोहमा सहभागी हुनुहुन्थ्यो । नेपाली टोली आउँदो १४ गते स्वदेश फर्कने तालिका छ ।