Sunday, October 6, 2024

पथरी शनिश्चरे शिविरमा युवा मैत्री केन्द्रको नयाँ अध्यक्षमा महल राज तामाङको इन्ट्री

spot_img

पथरी शनिश्चरे । युवा मैत्री केन्द्रको निर्वाचनद्वारा नयाँ कार्य समिति चयन भएको छ । शिविर क्याममा लामो समय देखी निरन्तर युवाहरुलाई समेट्दै आएको यस संस्थाले आज नै निर्वाचन मार्फत ८ सदस्य रहने गरी कार्य समिति चयन गरेको छ ।

निर्वाचन प्रक्रियामा क्याम्प सचिव करण राई, युवा मैत्री केन्द्रको निवर्तमान अध्यक्ष बिनम राई, सेक्टर हेडहरु बिसेक तामाङ, अर्जुन राई, हर्क राई र आइतराज राई लगायतको उपस्थितिमा करिब १ सय जना युवाहरुको उपस्थितिमा निर्वाचन सम्पन्न भएको छ । नवनिर्वाचित समितिमा अध्यक्ष महत राज तामाङ, उपाध्यक्ष निमा तामाङ, सचिब तिलक राई, सहसचिव बुद्दिमाया तामाङ, कोषाध्यक्ष मिलन गुरुङ, कार्यक्रम संयोजक यान अधिकारी, कार्यक्रम सहसंयोजक भावना कार्की र सदस्य हरी मगर निर्वाचित भएका छन् ।

नव निर्वाचित समितिलाई क्याम्प सचिव करण राइले अबिर लगाएर बधाई तथा शुभकामना प्रदान गर्नुभएको थियो । शुभकामना दिने क्रममा युवाहरु माझ सकारात्मक कार्य गर्न र दुर्व्यसनमा फसेकाहरुलाई न्यूनीरण गर्न पनि आह्वान गर्नुभएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय