Monday, October 7, 2024

घरमै पुगेर निर्मलाका हत्यारालाई कानुनी दायरामा ल्याइ छाड्ने आइजीपी खनालले गरे प्रतिबद्धता

spot_img

२२ भदौ , काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल निर्मला पन्त को घरमै पुगेर हत्यारालाई कानुनी दायरामा ल्याइ छाड्ने बताएका छन् । निर्मलाका आमाबाबुलाई भेटेर खनालले दुख ब्यक्त गर्दै हत्यारालाई कानुनी दायरामा ल्याइ छाड्ने प्रतिबद्धता जनाएका हुन् ।

घटनाको अनुसन्धान गर्न एसएसपीको टोली खटिएको भन्दै नेपाल प्रहरीमाथि विश्वास राख्न खनालले आग्रह गरेका छन् । ‘अपराधी पक्राउ गर्न समय लाग्छ, धैर्य गर्नुस् ‘ खनालले पन्तका आमाबाबुसँग भने।

अनुसन्धानमा त्रुटि नहुने गरी सही ढंगबाट काम भइरहेको खनालले बताए। पन्तकी आमाबाबुले छाेरीको हत्याराको पहिचानमा ढिलाइ भइरहेकाे गुनासो गरेका थिए।

गत साउन १० गते साथीको घर गएकी पन्तको शव बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा भेटिएको थियो। घटना भएको २० दिनपछि प्रहरीले दिलीप सिंह विष्टलाई मुख्य अभियुक्त भन्दै सार्वजनिक गरेको थियो।

तर स्थानीयले विष्ट पक्राउ प्रति आपत्ति जनाउँदै विरोध जनाएका थिए। एक सातासम्म कर्फ्यु लागेको कंचनपुरमा प्रहरीले गोली चलाउदाँ १ जनाको मृत्युसमेत भएको थियो थियो ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय