Monday, October 7, 2024

भारतको धार्मिक कार्यक्रममा भएको भागदौडको घटनामा गम्भीर मानवीय लापरबाही भएको निष्कर्ष

spot_img

२६ असार । भारतको उत्तर प्रदेशमा गएको हप्ता एक धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा १ सय २१ जनाको ज्यान गएको घटनामा ६ जना सरकारी अधिकारी निलम्बनमा परेका छन् । निलम्बनमा पर्नेमा प्रहरी, स्थानीय अधिकारी र जिल्ला प्रशासनका अधिकारी रहेका छन् ।

गएको हप्ता भएको एक धार्मिक कार्यक्रममा अत्याधिक भीड र भागदौडका कारण १ सय २१ जनाको ज्यान गएको थियो । विशेष अनुसन्धान टोली (एसआईटी) ले स्थानीय प्रशासनले घटना हुन नदिन र घटनापछिको अवस्था सम्हाल्ने क्रममा गम्भीर लापरबाही भएको निष्कर्ष निकालेको थियो ।

एसआईटीको रिपोर्टले आयोजक हिन्दु धर्म प्रचारक, स्थानीय अधिकारीहरू र प्रहरी सबैको गैरजिम्मेवारी भएको उल्लेख गरेको छ । उनीहरूले घटनालाई गम्भीरतापूर्वक नलिएको पनि रिपोर्टले जनाएको छ । अनुसन्धानको क्रममा १ सय २५ जना प्रत्यक्षदर्शीसँग बयान, घाइतेहरु, प्रहरी र जिल्ला अधिकारीहरुसँग अन्तर्वार्ता गरिएको थियो ।

यस्तै, समाचार, फोटो र भिडियो फुटेजको पनि जाँच गरिएको खबरमा उल्लेख छ । यस घटनामा धर्म प्रचार कार्यक्रमका मुख्य आयोजक देवप्रकाश मधुकरसहित नौ जना पक्राउ परेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय