Monday, November 25, 2024

नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै, नेपाललाई जित्नैपर्ने दबाव

spot_img

२१ भदौ, ढाका । बंगलादेशमा जारी साफ सुजुकी कप फुटबलको आफ्नो दोस्रो खेलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । सेमिफाइनलमा पुग्ने आफ्नो सम्भावनालाई जिवितै राख्नका लागि आजको खेल नेपालले जित्नै पर्ने हुन्छ ।

बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा नेपालले स्थानीय समयअनुसार ४ बजे भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमै पाकिस्तानसँग २-१ गोलअन्तरले पराजित भएको नेपाललाई जित्नैपर्ने दबाव छ ।

‘मैले हावादारीमा भनेको होइन बंगलादेश, भुटान यी दुई वटै टिमलाई जुनसुकै समयमा जित्न सक्ने क्षमता नेपाली खेलाडीमा छ । तर, एट्याकिङ लाइनमा सुधार्नु पर्छ । हामीलाई जित्नुको कुनै विकल्प छैन ।’ नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जन

त्यसो त, नेपाली फुटबल टिमका कप्तान विराज महर्जन पनि भुटानलाई पराजित गर्दै अघिल्लो चरणमा पुग्ने सम्भावनालाई जिवितै राख्ने बताउँछन् । ‘पाकिस्तानसँग भएको गल्ती सच्याएर हामी आगामी दुवै खेल कसरी हुन्छ जित्ने लक्ष्यमा छौ ।’

साफ च्याम्पियनसिपमा नेपाल र भुटानबीच अहिलेसम्म दुई पटक भेट भएको छ । सन् २००३ मा बंगलादेशको राजधानी ढाकामा सम्पन्न साफ च्याम्पियनसिपमा नेपालले भुटानलाई २-० गोलअन्तरले पराजित गरेको थियो । त्यस्तै, सन् २००५ मा पाकिस्तानको कराँचीमा सम्पन्न साफ च्याम्पियनसिपमा भुटानलाई नेपालले ३-१ गोलअन्तरले पराजित गरेको थियो ।

यो पटक पनि बंगलादेशको ढाकामा साफ च्याम्पियनसिपको पहिलो खेलको सम्झनामा नेपाली टिम हुनेछ र त्यही अनुसारको नतिजा निकाल्ने रणनीतिमा रहेको छ ।

नेपालको सम्भावित प्लेयिङ इलाभेन

गोलकिपर- किरण चेम्जोङ

डिफेन्डर- आदित्य चौधरी, विराज महर्जन, अनन्त तामाङ, सुमन अर्याल

मिडफिल्डर- रोहित चन्द, सुजल श्रेष्ठ, अन्जान विष्ट, निराजन खड्का

फरवार्ड- बिमल घर्तीमगर, नवयुग श्रेष्ठ

OnlineKhabar

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय