Monday, July 8, 2024

बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरी दोषी ठहर

काठमाडौं: जिल्ला अदालत काठमाडौंले न्यायाधीश भुवन गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ । आइतबार न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले भुवन गिरीलाई दोषी ठहर गर्दै सजाय तोक्न छुट्टै पेस गर्न आदेश दिएको हो । सजाय तोक्न असार २८ गते अर्को सुनुवाइ हुने काठमाडौं जिल्ला अदालतका प्रमुख रामु शर्माले जानकारी दिएका छन् ।

जिल्ला अदालत कपिलवस्तुमा न्यायाधीश रहेका गिरीविरुद्ध उनकी श्रीमतीले बलात्कार केशमा गत जेठ १९ गते मुद्दा दायर गरेकी थिइन् । उनी विरुद्ध मुद्दा चलेपछि सर्वोच्च अदालतको चैत २१ गतेको आदेशमा उनी निलम्बित भएका थिए । उनलाई तत्कालै कारागार चलान गरिएको थियो । भुवन गिरीले गत वैशाख ३ गते जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए ।

भुवन गिरीले २०७५ मा विवाह गरेका थिए । विवाहपछि उनीहरुको वैवाहिक सम्बन्ध बिग्रिएको थियो । श्रीमतीले श्रीमानविरुद्ध २०७९ मंसिर २ गते कपिलवस्तु जिल्ला प्रहरी कार्यालयमा कुटपिट, घरेलु हिंसा, यौन शोषण तथा हिंसा, अप्राकृतिक सम्बन्ध रहेको भन्दै उजुरी दिएकी थिइन् ।

कपिलवस्तु जिल्ला अदालतले फागुन २० गते गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि गिरी मुद्दा फिर्ता गराउन सक्रिय भएका थिए । सोही क्रममा गत चैत २७ गते गिरीले श्रीमती रावलको सामाखुशी स्थित डेरामा गएर बलात्कार गरेका थिए । उनले बलात्कार गरेपछि रावलकी श्रीमतीले काठमाडौं जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दायर गरेकी थिइन् ।

न्यायाधीशकी श्रीमती रावलले ढिलो भए पनि न्याय पाएको बताएकी छन् । उनले भनिन्,

“आज दोषी ठहर गर्दै पूर्ण न्याय पाएकोमा जिल्ला अदालतप्रति आभारी छु ।”

न्याय पाउनका लागि उनले लामो बाटो संघर्ष गरिरहेकी थिइन् । श्रीमानले गरेको बलात्कारको मुद्दामा अदालतले ढिलासुस्ती गरेको भन्दै उनी २०६२ साल असार १० गतेदेखि दुई महिनासम्म अनशनमा बसेकी थिइन् । उनले न्यायको लागि यत्र तत्र सर्वत्र भौंतारिइन् । उनले न्याय पाउने आशामा लामो संघर्ष गरेकी थिइन् । उनले सरकारसंग गाँस, बास, कपास बासस्थान, कपास र जीविकोपार्जनका लागि राहत उपलब्ध गराउनु पर्ने माग गरेकी छिन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सम्बन्धित
थप

लोकप्रिय