Monday, November 25, 2024

१ लाख ९७ हजार १ सय ६७ परीक्षणमा १ हजार ५ सय ३६ जनामा एचआइभी पोजेटिभ

spot_img

काठमाडौं- नेपालका वर्तमान अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा १ लाख ९७ हजार १ सय ६७ जनामा गरिएको परीक्षणमा १ हजार ५ सय ३६ जनामा एचआइभी पोजेटिभ देखिएको उल्लेख छ ।

उक्त आँकडा यो चालु आर्थिक वर्ष फागुनसम्मको रहेको पुनले बताएका छन् । उक्त समयमा ३५ हजार ४३ एचआइभी संक्रमितहरुलाई एण्टी रेट्रो भाइरल ट्रिटमेन्ट (एआरटी) केन्द्रबाट औषधि वितरण गरिएको जनाइको छ । गत वर्षको फागुनसम्म आमाबाट बच्चामा सर्ने एचआइभी रोकथामका लागि (पिएमटी सिटी) कार्यक्रममा आवद्ध हुनेहरुमा ६१ जना गर्भवती महिला थिए भने २३ हजार ७ सय ६० एचआइभी संक्रमित भएका व्यक्तिहरु थिए । उनीहरुदाई एआरटी केन्द्रबाट औषधि वितरण भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय