Monday, October 7, 2024

चिनियाँ विद्युतीय गाडीमा कर बढाउने अमेरिकी निर्णयको एलन मस्कद्वारा विरोध

spot_img

जेठ ११ । अमेरिकी अर्बपति एलन मस्कले अमेरिकामा चिनियाँ विद्युतीय गाडीमा कर बढाउने निर्णयको विरोध गर्नुभएको छ । केही हप्ताअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनबाट आयात हुने विद्युतीय गाडीमा कर बढाउने घोषणा गर्नुभएको थियो ।

फ्रान्सको पेरिसमा एक सम्मेलनका क्रममा स्याटेलाइट कम्पनी स्पेसएक्स र विद्युतीय गाडी टेस्लाका प्रमुखसमेत रहेका अर्बपति मस्कले न त टेस्ला न त आफूले कर बढाउनका लागि माग गरेको बताउनुभएको बीबीसीले जनाएको छ । यद्यपि जनवरीमा एलन मस्कले व्यापारमा कुनै पनि प्रकारको प्रतिबन्ध नहुँदा चिनियाँ कार निर्माताहरूले अन्य देशका आफ्ना प्रतिस्पर्धीहरूलाई ‘समाप्त’ गरिदिने चेतावनी दिनुभएको थियो ।

चिनियाँ विद्युतीय कार आफ्नो देशमा लोकप्रिय हुँदा आफ्नो देशमा उत्पादित कारको बजार खस्किएको भन्दै अमेरिकाले २५ प्रतिशतबाट बढाएर शतप्रतिशत कर लगाउने घोषणा गरेको थियो । एलन मस्कले अमेरिकाको यो कदमले आफू हैरान भएको बताउनुभएको खबरमा उल्लेख छ ।

चीनले अमेरिकाको कर बढाउने घोषणाको विरोध गरेको छ । चीनले अमेरिकाको यो घोषणाको जवाफमा कदम चाल्ने बताएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय