Sunday, October 6, 2024

कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

spot_img

जेठ ८ काठमाडौं:- कान्तिपुर मिडया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया मंगलबार पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान टोलीले थापाथलीस्थित कान्तिपुर दैनिकको मूख्य कार्यालयबाटै पक्राउ गरेको छ । कैलाश सिरोहिया विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको थियो । उक्त जाहेरीको आधारमा उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एस्.एस्.पी. सानुराम भट्टराई र एस्.पी. रवीन्द्र रेग्मी लगायतको टोली कान्तिपुरको कार्यालय पुगेका थिए ।

दोहोरो नागरिकता लिएको आरोपमा उनालई जिल्ला अदालत धनुषाले मंगलबार आदेश दिएको थियो । अदालतको उक्त आदेश अनुसार कैलाश सिरोहियालाई पक्राउ गरिएको प्रहरी श्रोतले जनाएको छ ।

कैलाश सिरोहिया विरुद्ध सर्लाही जिल्लाका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा मिति २०८१ वैशाख १६ गते मा किटानी जाहेरी दिएका थिए । उक्त जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग समेत गरिएको थियो ।

आरोपित सिरोहियालाई मंगलबार नै धनुषाको जनकपुर लैजाने तयारी रहेको प्रहरीको भनाई छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय