Sunday, October 6, 2024

गृहमन्त्री रवि लामिछानेलाई तत्कालै पक्राउ गर्न नेपाली कांग्रेसको माग

spot_img

काठमाडौं: प्रमुख प्रतिपक्षको भूमिकामा रहेको दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई तत्कालै पक्राउ गर्न नेपाल सरकारसँग माग गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले गृहमन्त्रीको जस्तै अभियोगमा वागमती प्रदेश सभा सांसद गीता बस्नेतसँगै उपप्रधानमन्त्री लामिछानेलाई पनि पक्राउ गर्नुपर्ने बताएका छन् ।

नेपाल सरकारले सांसद बस्नेतलाई यसअघि नै पक्राउ पुर्जी जारी गरिसकेको छ । उनले ठगी अभियोगमा सांसद बस्नेतलाई पक्राउ पुर्जी जारी हुने तर सोही अभियोग लागेका रवि लामिछाने मुलुकको गृहमन्त्री हुने बिडम्बनापूर्ण अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् ।

पाण्डेले उपप्रधानमन्त्री रवि लामिछानेले देशका विभिन्न ठाउँका सहकारीबाट अर्बभन्दा बढी रकम गोर्खा मिडियाको नाममा लिएर अपचलन गरेको दोहोर्याउँदै उनको नाम किटान गरेर संसदीय छानबिन समिति नबनेसम्म आफूहरूले संसद बैठक चल्न नदिने अडान राखेका छन् ।

‘एउटै सदनका दुई जना माननीय सदस्य एउटै अभियोग एक जनालाई पक्राउ पूँर्जी जारी भएर फरारको सूचिमा रहनुपर्ने र अर्को एक जना गृहमन्त्री हुनुपर्ने यो कस्तो बिडम्बना हो ? । यो कस्तो न्याय हो ? हामीले यति मात्रै भनिरहेका छौं । यस विषयमा हाम्रो दावी यो हो भने गृहमन्त्रीको दावी छ, ‘म यसमा संलग्न छैन’,’उनले भने,’त्यसो हो भने संसदीय छानविन समिति बनाऔं । दावी अनुसार उहाँ संलग्न भएको होइन भने उहाँले उन्मुक्ति पाउनुहोस, सफाई पाउनूहोस। दावी अनुसार उहाँ संलग्न भएको हो भने माननीय गीता बस्नेतलाई जस्तै उहाँलाई पनि पक्राउ पूर्जी जारी होस्। हाम्रो यति मात्रै आग्रह हो। हामीालाई थाहा छ यस क्रममा गृहमन्त्रीले बोल्ने काम गर्नुभयो ।’

सहमहामन्त्री पाण्डेले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको भन्दै कानुनको दायरामा हरेक नागरिकलाई ल्याउनुपर्ने भएपनि आग्रह र पूर्वाग्रह राखेर कसैमाथि कारबाही भएको खण्डमा नेपाली कांग्रेसले नसहने बताएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय