Sunday, October 6, 2024

पशुपतिनाथ मन्दिरको भेटी चोर्ने आठ जना पक्राउ

spot_img

काठमाडौं- आरध्यदेव भगवान् श्री पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्तिहरु पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा पशुपति क्षेत्र विकास कोषकै कर्मचारी अनिल परियारसहित आठ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिएका छन् ।

अधिकारी भन्छन्: ‘पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा ‘सिसि क्यामेरामा हेर्दा’ कोषका कर्मचारी परियारसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि अहिले प्रहरी वृत्त गौशाला लगिएको छ ।’

परियार पशुपतिमा बाजा बजोउने कर्मचारी रहेको र पक्राउ परेका उनले कोषकै केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको बयान दिएको प्रवक्ता अधिकारीले बताएका छन् । यस विषयमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।
:रासम

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय