Monday, October 7, 2024

झापाको बिएन्डसी हस्पिटलमा हेड तथा स्पाइनल इन्ज्युरी कार्यक्रम सञ्चालन

spot_img

४ जेठ, झापा । झापाको बिर्तामोडमा रहेको बिएन्डसी टिचिङ हस्पिटलमा विपन्न नागरिक उपचार कोषअन्तर्गत हेड इन्ज्युरी तथा स्पाइनल इन्ज्युरी कार्यक्रम सञ्चालनमा आएको छ ।

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित सो कार्यक्रम बिएन्डसीमा आजदेखि सुरु गरिएको अस्पतालका जनसम्पर्क तथा सूचना अधिकृत प्रमिस गिरीले जानकारी दिनुभयो ।

कार्यक्रमअन्तर्गत कुनै पनि किसिमको दुर्घटना वा चोटपटकको कारण टाउको तथा मेरुदण्ड घाइते भएका बिरामीको एक लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार निःशुल्क रुपमा हुनेछ ।

निःशुल्क उपचार सेवा लिनका लागि बिरामीका सदस्यले स्थानीय तहको सिफारिस ल्याउनुपर्ने गिरीले बताउनुभयो । बिरामी अस्पताल भर्ना भएपछि चिकित्सकले स्थानीय तहलाई सम्बोधन गरेर विपन्न नागरिक उपचार कोषको लागि सिफरिस गरिदिन आग्रह गर्ने छन् ।

स्थानीय तहको सिफरिसपत्रको आधारमा अस्पतालले बिरामीसँग सम्बन्धित अन्य आवश्यक कागजातहरुसमेत संलग्न गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सामाजिक सुरक्षा इकाइमा पेस गरेपश्चात एक लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य उपचार सुविधा प्राप्त गर्ने छन् ।

हस्पिटलले आज पत्रकार सम्मेलन गरेर कार्यक्रमबारे जानकारी दिएको हो । कार्यक्रममा न्युरो विभागकी प्रमुख डक्टर करुणा ताम्राकार र अर्थोपेडिक विभाग प्रमुख डक्टर निराजन पराजुलीले सेवाबारे प्रस्ट पार्नु भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय