काठमाण्डौ । भुटानी अमेरिकन श्रष्टाहरुको सहभागितामा सांग्रिला रेस्टुरेन्ट एण्ड बारले गजल वाचन कार्यक्रम आयोजना गर्ने भएको छ ।
१८ मे बेलुकी ७ बजे देखी १० बजे सम्म कार्यक्रम हुने भएको छ । कार्यक्रममा नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजक तथा साहित्यकार डिल्लु चम्लागाईँले उल्लेख गर्नुभएको छ । हेरिसबर्गको माउंटेन आर डि ४०८ माको सांग्रिला रेस्टुरेन्ट एण्ड बारमा हुने यस कार्यक्रममा भूटानी समुदायका श्रष्टाहरु केदार उप्रेती, डिल्लु चम्लागाईँ, राज बराल, नेत्र आचार्य, केशब न्यौपाने, शुसिल रेग्मी, बहादुर वालिङ, शेरु उदास, अबिनाश भट्टराई, बिकु दादा, अजित रुपाबुङ, दिपन ढुङ्गाना, पातलो अन्तरेको बाचन रहनेछ । साथै टेक दुत्राजको एकल गजल गायन रहने छ ।
प्रोड्युसर लिला कुइँकले रहेको कार्यक्रमको संचालन बिनोद गुरुङले गर्नुहुनेछ । भाषा जोगाउन आयोजना हुने यस्ता साहित्यिक कार्यक्रमले श्रोता, पाठक र श्रष्टाहरुमा उत्साह थप्ने काम गरिरहेको आयोजको भनाइ छ।