Monday, October 7, 2024

गाजाको नुसेरात शरणार्थी शिविरमा आक्रमण हुँदा बालबालिका सहित १४ जनाको मृत्यु

spot_img

इजरायलले मध्य गाजाको नुसेरात शरणार्थी शिविरमा आक्रमण गर्दा बालबालिकासहित १४ जना प्यालेस्टाइनी नागरिकको ज्यान गएको छ । इजरायली लडाकु विमानले शिविरमा रहेको एक घरमा बम आक्रमण गर्दा उनीहरुको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएको छ ।

गाजाका नागरिक विशेष गरी बालबालिकाको अन्धाधुन्ध हत्या भैरहेको भन्दै संयुक्त राष्ट्रसङ्घीय बालबालिकासम्बन्धी निकाय युनिसेफले आक्रमण रोक्न आह्वान गरेको छ । संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले यसअघि गाजा र इजरायलबीचको युद्धमा विदेशी कर्मचारीको हत्या भएको भन्दै यसको पूर्ण छानबिनको माग गर्नुभएको छ ।

इजरायली सेनाले रफाहको कुवेती अस्पतालका कर्मचारीलाई मेडिकल सुविधाका काम छाड्न आदेश दिएको छ । गाजाको स्वास्थ्य मन्त्रालयले अबको केही घण्टामा यस क्षेत्रका स्वास्थ्य प्रणाली अवरुद्ध हुने चेतावनी दिइसकेको छ । गएको अक्टोबर ७ तारिख देखि गाजामा जारी इजरायली आक्रमणमा ३५ हजार जनाभन्दा धेरै मानिस मारिएका र ७८ हजारभन्दा धेरै घाइते भएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय