Sunday, October 6, 2024

भेलुबाजे भनेर चर्चित मिनबहादुर बुढामगरको मृत्यु

spot_img

सामाजिक सञ्जालहरुमा भाइरल बनेका ‘भेलुबाजे’ नामले परिचित मिनबहादुर बुढामगरको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचारको क्रममा निधन भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमिला खनालले जनाएकी छिन् ।

अत्याधिक मदिरा सेवनका कारण शरीर सुन्निने, हातका छाला उप्किने, हात गोडा काम्ने लगायतको समस्याले ग्रस्त रहेका बुढामगरको उपचारको क्रममा बिहीबार साँझ जिल्ला अस्पताल प्यूठानमा मृत्यु भएको हो ।

पछिल्लो समय फेसबुक, युट्युब, टिकटक लगायतका समाजिक सञ्जालहरुमा उनको बेल्कुल, हत्तेरिका, एकदम च्वाँक, मटोक्ने र पाख्नोस्त, पाख्नोस्त जस्ता शब्दहरुले लाखौं मानिसहरूको ध्यान आकर्षित गरेको थियो । फरक शैलीका कारण उनलाई धेरै मानिसहरुले रुचाइएका थिए ।

प्युठान जुम्रीकाँडा घर भएका भेलु बाजेले एक वर्ष अगाडी नै पत्नी गुमाएका थिए । उनी पत्नी बियोगमा परेका कारण पनि पछिल्लो समय उनको शरीर झन्झन् शिथिल बन्दै गएको थियो । अत्याधिक मदिरा सेवनकै कारण उनको संकास्पद निधन भएको पारिवारीक श्रोतले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय