Sunday, October 6, 2024

झापामा गोली चल्दा एक विद्यार्थी घाइते

spot_img

उदयपुर घर भइ दमकमा डेरा गरी बस्ने १८ वर्षीया एनिका अधिकारीलाई गोली लागेको छ । हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत एक छात्रालाई कक्षा १२ को परीक्षा दिएर घर फर्कर्ने क्रममा सिराहाका एक युवकले चलाएको गोली लागी उनी घाइते भएकी छिन् ।

गोली हानेर फरार भएका अमितकुमारको तिव्र रुपमा खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । उनको दाहिने हातमा चोट लागेको प्रहरीको भनाइ छ । गोली लागी घाइते भएकी छात्रालाई लाइफ लाइन अस्पताल दमकमा उपचार भइरहेको छ ।गोली हानेर फरार भएका यादवलाई कानूनी रुपमा कडा भन्दा कडा कारबाही गर्ने प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय