Monday, October 7, 2024

गाजाको शरणार्थी शिविरमा इजरायलको हवाई आक्रमण, १४ जनाको ज्यान गयो

spot_img

काठमाडौँ । गाजामा रहेको शरणार्थी शिविरमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा १४ जना प्यालेस्टाइनी नागरिकको ज्यान गएको छ । गएराति गाजाको मध्य भागमा रहेको नुसेरात शरणार्थी शिविरमा रहेको आवासीय क्षेत्रलाई लक्षित गरी भएको आक्रमणमा अरु केही घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मुस्लिम धर्मावलम्बीको महान् पर्व इद उल फित्रको पूर्व सन्ध्यामा भएको आक्रमणमा सबैभन्दा धेरै महिला र बालबालिका परेका खबरमा उल्लेख छ । इद उल फित्र आज शुरु हुँदैछ । रमदानको एक महिले व्रत इदको मुख्य दिन भोलि समापन हुनेछ ।

इजरायलले गाजाको देर अल–बालाह र रफाहमा पनि हवाई आक्रमण गरिरहेको छ । इजिप्ट, कतारलगायतका मध्यस्थकर्ताहरूले विद्रोही समूह हमास र इजरायली सेनाबीचको तनाव कम गर्दै युद्धविरामका लागि पहल गरिरहेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय