Monday, October 7, 2024

झापामा ‘हो, हामी क्षयरोग अन्त्य गर्छौँ’ भन्ने नाराका साथ विश्व क्षयरोग दिवस मनाइँदै

spot_img

झापा, बिर्तामोड ।  झापामा साउनदेखि पुसमसान्तसम्म पाँच सय ७० जना नयाँ क्षयरोगी फेला परेका छन् । तीमध्ये २५ जना बालबालिका एक सय ८२ महिला र तीन सय ८८ पुरुष रहेका जिल्ला स्वास्थ्य कार्यालयका क्षयरोग फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिनुभयो ।

जिल्लामा आर्थिक वर्ष २०७७–७८ मा नौ सय ९२, आव २०७८–७९ मा एक हजार एक सय ८६ र आव २०७९–८० मा एक हजार एक सय ६५ जना क्षयरोगी फेला परेका थिए ।

फोकल पर्सन दासले सङ्क्रमण पत्ता लागेका तीन प्रतिशत बिरामीको मृत्यु भएको बताउनुभयो । मृत्यु हुनेमा ३५ प्रतिशत महिला र ६५ प्रतिशत पुरुष रहेका उहाँले जानकारी दिनुभयो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले नेपालमा आर्थिक वर्ष २०७९–८० मा ७० हजार नयाँ क्षयरोगका बिरामी थपिनाका साथै १८ हजार क्षयरोगीको मृत्यु हुने अनुमान गरेको थियो । नेपालमा अझै ४५ प्रतिशत क्षयरोगका बिरामी पत्ता लगाउन नसक्दा यो रोग उन्मूलन गर्ने लक्ष्य भेट्टाउन चुनौती थपिएको स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन दासले बताउनुभयो ।

विश्व क्षयरोग दिवशको अवसरमा आज झापाको बिर्तामोडमा ‘प्रभात फेरी’ कार्यक्रम गरी मनाइँएको थियो । झापामा ‘हो, हामी क्षयरोग अन्त्य गर्छौँ’ भन्ने नाराका साथ विश्व क्षयरोग दिवस–२०८० मनाइँदैछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय