Saturday, October 5, 2024

केपी ओली कपमा आयोजक टोलीको विजयी शुरुवात

spot_img

काठमाण्डौ – केपी ओली कप फुटबलको दोस्रो संस्करणमा आयोजक टोलीले विजयी शुरुवात गरेको छ ।

आज एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको उद्घाटन खेलमा आयोजक केपी ओली एफसीले चर्च ब्वाइज युनाइटेडलाई ३–० ले हरायो । केपी ओली एफसीले ३ वटै गोल दोस्रो हाफमा गर्‍यो । उसका फोडे फोफानाले ५८ तथा जय गुरुङले ६८ र ७९ मिनेटमा गोल गरे ।

प्रतियोगितामा १२ वटा टोलीको सहभागिता छ । प्रतियोगिताका सेमिफाइनल र फाइनल बाहेक सबै खेल एन्फा कम्प्लेक्समा हुनेछ । १७ गते हुने सेमिफाइनल र १९ गते हुने फाइनल खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालमा हुनेछ ।

प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ । यस्तै उत्कृष्ट खेलाडीलाई १ लाख तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट उदीयमान खेलाडीलाई ५०/५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय