२७ जेठ, काठमाण्डाै । भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा नेपालका बालक प्रितम आचार्य तेस्रो भएका छन् ।
जी टीभीबाट प्रसारण हुने शोको फाइनलमा आचार्य सेकेण्ड रनर अप भएका हुन् । यस्तै अर्का नेपाली बालक आयुष केसी चौथो भएका छन् ।
फाइनलमा पुगेका ६ मध्ये प्रितमको प्रस्तुतिलाई अडिसनदेखि नै निर्णायक मण्डल र दर्शकले निकै मन पराएका थिए ।
उनको घर सुनसरीको इटहरी हो । ६ कक्षामा पढ्ने उनले ४ वर्षको हुँदादेखि नै गीत गाउन थालेका थिए ।