Monday, October 7, 2024

कनकाई अपडेट : तोडफोड नियन्त्रण गर्न तीन सेल अश्रु ग्यास प्रहार

spot_img

बिर्तामोड । अस्पतालमा तोडफोड र भीड नियन्त्रण गर्न प्रहरीले तीन सेल अश्रु ग्यास प्रहार गरेको छ । डाक्टरको लापरबाहीले विरामीको मृत्यू भएको भन्दै आफन्तले अस्पतालमा ढुङगा प्रहार गरेका छन् ।

तनावग्रस्त अस्पतालमा विरामीका आफन्तले ढुङगा प्रहार गर्दै तोडफोड शुरु गरेपछि प्रहरीले अश्रु ग्यास हानेको हो । सुर्योदय नगरपालिका– ९ इलाम कि २१ वर्षीया बिबिता तामाङको उपचारको क्रममा मृत्यु भएको थियो ।

अस्पतालमा तनाव उत्पन्न भएपछि प्रहरीले अहिले कडा सुरक्षा दिएको छ । तामाङलाई एपेण्डीसाइडको अपरेशनका लागि कनकाई अस्पताल ल्याइएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय