Monday, October 7, 2024

विर्तामोडको कनकाई हस्पिटलमा युवतीको मृत्युपछि तनाव

spot_img

२६ जेठ, झापा । झापाको विर्तामोडस्थित कनकाई हस्पिटलमा उपचारका लागि ल्याइएकी युवतीको मृत्युपछि हाल सो अस्पतालमा तनाव उत्पन्न भएको छ ।

विमा कार्यक्रम लागु भएपछि सुर्योदयन गरपालिका ९ फिक्कलबाट २१ वर्षकी देविका तामाङ्गलाई गत बुधवार एपिन्डीसको अप्रेशनका लागि अस्पताल भर्ना गरिएको मृतकका पिता दावा तामाङ्गले बताउनुभयो ।

तर आइतवार आज विहानसम्म डाक्टरहरुको टिमले विरामीको स्थिति सामान्य छ भनेपनि आज विहान ८ बजे एक्कासि डाक्टरले विरामीको अवस्था अलिक खराब भयो , विराटनगर लैजानु भनेको र कनकाई हस्पिटलकै एम्बुलेन्समा राखि विराटनगर नोबेल लैजादा नोवोलले विरामी मरिसकेको बताएको पिता दावाले बताउनुभयो ।

अहिले मृतकका आफन्तले उपचारमा संग्लन डाक्टर सन्तोसकुमार मिश्रलाई कार्वाहीको माग गर्दै विराटनगरबाट फिर्ता ल्याएको शवलाई अस्पतालमै शव राखेर प्रर्दशन गरिरहेका छन ।

हाल कनकाई हस्पिटलको अवस्था तनावग्रस्त रहेको छ भने कनकाईका सम्पुर्ण डाक्टरहरु अन्यत्र गएकाले उपचार हुन पाएको छैन । हाल कनकाई हस्पिटलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय