Monday, October 7, 2024

काकँडभिट्टाबाट ब्राउन सुगरसहित चार युवक पक्राउ

spot_img

झापा, भदौ १५ । प्रहरीले लागुऔषध ब्राउन सुगर ओसारपोसारमा संलग्न भएको आरोपमा चार जना युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काकँडभिट्टाबाट खटिएका प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ स्थित बर्मेली टोल निवासी २७ वर्षीय कुशल धिमाल र सोही ठाँउका २२ वर्षीय भरत आचार्यलाई पक्राउ गरेको छ ।

भारतको पानीट्यांकी नाकाबाट नेपालतर्फ आउँदै मे ४ प ९४५ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई मेची पुलमा शंका लागि प्रहरीले चेकजाँच गर्दा १७ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार उनीहरुले प्रयोग गरिएको मोटरसाइकलको हेलमेट भित्री ब्राउनसुगर लुकाई छिपाई ल्याएका थिए । बरामद गरिएको ब्राउन सुगरको नेपाली मुल्य ६८ हजार पर्छ । त्यस्तै इलाका प्रहरी कार्यालय बुधवारेबाट खटिएका प्रहरी टोलीले ३ ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका १२ निवासी २५ वर्षिय सन्तोष साम्सोहाङ् (लिम्बु) र अर्जुनधारा नगरपालिका ९ निवासी २० वर्षिय रामप्रसाद भारती रहेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए ।

बुद्धशान्ती गाउँपालिका ४ स्थित काली खोला चोकमा सवारीसाधन चेकजाँच गर्ने क्रममा प्रहरीले शङ्का लागि मे ७ प ७८२८ नम्बरको मोटरसाइकल सवार उनीहरुलाई चेकजाँच गर्दा सात पोकामा अर्थात अन्दाजी तीन ग्राम ब्राउन सुगर र नगद २२ हजार २८० रुपैयाँ बरामद गरेको छ ।

बरामद गरिएको ब्राउन सुगरको मुल्य करिव १२ हजार पर्छ। यता पक्राउ परेका चारै जनालाई आवश्यक अनुसंन्धानका प्रहरी कार्यालयमा राखिएको जनाइएको छ । epurba

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय