Monday, October 7, 2024

एक नम्बर प्रदेशको २२ गते सम्ममा राजधानी तोकिने

spot_img

१५ वैशाख, सुनसरी । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले यो अधिवेशनबाट प्रदेशको राजधानी मात्रै तोकेर जाने संकेत गर्नुभएको छ ।

मुख्यमन्त्री राईले सोमबारसम्ममा प्रदेशको राजधानीका विषयमा सभामुखले सूचना जारी गर्ने र यही अधिवेशनले राजधानी तोक्ने बताउनुभयो । उहाँले २२ गते सम्ममा राजधानी तोकिसकिने समेत जानकारी दिनुभयो ।

उहाँले राजधानी तोक्ने विषयमा अन्तिम तयारी भएको जानकारी दिँदै भन्नुभयो ‘काठमाण्डौ गएर पनि परामर्श लिएर आएको छु ।’ उहाँले संसदीय दलको बैठकमा छलफल गरेर र अन्य दलसँग पनि छलफल गरेर प्रदेशको राजधानी सहमतिमै तोक्न लागिएको बताउनुभयो ।

उहाँका अनुसार प्रदेशसभा र कार्यपालिका एकै स्थानमा हुनेछन् ।  ‘प्रदेशसभा र कार्यपालिका टाढाटाढा हुँदा व्यवहारिक रुपमा कठिनाइ हुँदो रहेछ ।’ उहाँले भन्नुभयो ‘यो व्यबहारिक समस्या समाधानका लागि दुवै आसपासमा राखिन्छ ।’

नामको विषय लम्बिन सक्ने

एक नम्बर प्रदेशको नाम यही अधिवेशनबाट टुंगो लगाउने विषयमा प्रदेश सरकार पछि हटेको छ । प्रदेशको नामका विषयमा विवाद नसुल्झेकाले अहिले राजधानी मात्रै तोकेर जाने तयारीमा प्रदेश सरकार रहेको छ ।

‘भरसक हामी दुवै विषय टुंगोमा पुर्‍याएर लैजाने तयारीमा छौँ ।’ मुख्य मन्त्री राईले भन्नुभयो ‘नामको विषय चाँडै बस्ने बर्खे अधिवेशनमा पनि जान सक्छ ।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय