Tuesday, October 8, 2024

काङ्ग्रेसले दुई दिनको र नेकपाले एक दिनेको पारिश्रमिक हावाहुरीबाट प्रभावितका लागि दिने

spot_img

१९ चैत  ।। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सङ्घीय सांसदहरुले हावाहुरीबाट प्रभावितका लागि राहतस्वरुप दुई दिनको पारिश्रमिक सहयोग गर्ने भएका छन् ।

आइतबार राति बारा, पर्सालगायत तराईका विभिन्न स्थानमा आएको भीषण हावाहुरीबाट प्रभावितका लागि राहतस्वरुप उक्त सहयोग गर्ने निर्णय गरिएको काङ्ग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिनुभयो । सो विपद्मा २९ जनाभन्दा बढीको ज्यान गएको थियो भने सयौँ घाइते भएका छन् ।
यसैबिच बारा र पर्साका हावाहुरी पीडितलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदले एक दिन बराबरको पारिश्रमिक उपलब्ध गराउने भएका छन् । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ सोमबार एक विज्ञप्ति जारी गरी प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

उहाँले घाइते भएका सर्वसाधारणप्रति सहानुभूति प्रकट गर्दै यथाशीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उपनेता नेम्वाङले पीडितलाई राहत, क्षतिपूर्तिका साथै घाइतेको उपचारका लागि यथाशीघ्र उचित प्रबन्ध गर्न सरकारको ध्यानकर्षणसमेत गराउनुभएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय