Saturday, October 5, 2024

धनगढी प्रिमियर लिग (डीपीएल) दुई खेल

spot_img

१ फागुन, काठमाडौं । घरेलु टोली धनगढी स्टार्सले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा आज आफ्नो तेस्रो खेल खेल्दैछ ।

फाप्ला क्रिकेट मैदानमा आज धनगढीले विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्दैछ । दिउँसो एक बजे हुने खेलमा धनगढीलाई जित अनिवार्य छ । यसअघिका दुई खेलमा पराजित भएको धनगढी लिगको पुछारमा छ ।

धनगढी यसअघि आफ्नो पहिलो खेलमा काठमाडौं गोल्डेन्ससँग चार विकेट र दोस्रो खेलमा सीवाईसी अत्तरियासँग पाँच रनले पराजित भएको थियो ।

यता विराटनगर पनि आफ्नो पहिलो खेलमा रुपन्देही च्यालेन्जर्ससँग पाँच विकेटले पराजित भएको थियो । त्यसकारण विराटनगर पनि आफ्नो दोस्रो खेलमा जित हात पार्ने लक्ष्यमा छ ।

आजै हुने पहिलो खेलमा काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडसँग प्रतिस्पर्धा गर्ने छ । खेल विहान ९ बजे सुरु हुनेछ । काठमाडौं गोल्डेन्सले आफ्नो पहिलो खेलमा धनगढीलाई चार विकेटले पराजित गरेको थियो ।

त्यस्तै, महेन्द्रनगर युनाइटेड भने आफ्नो पहिलो खेलमा रुपन्देही च्यालेन्जर्ससँग दुई रनले पराजित भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय