Saturday, October 5, 2024

झापाको माइपश्चिममा नै रंगशाला बनाउन माग

spot_img

२९ माघ, झापा । झापाको दमक नगरपालिका, कमल गाँउपालिका र शिवसतासी नगरपालिकाका खेलकुदसंग सम्बद्ध संस्था तथा खेलाडीहरुले कमल गाँउपालिकाको लखनपुरमा नै सुविधासम्पन्न रंगशाला वनाउन माग गरेका छन् । प्रस्तावित रंगशालालाई अन्यत्र सार्न लागिएको चर्चा आएको भन्दै यस क्षेत्रका सरोकारवालाहरुले साविक स्थानमा नै रंगशाला बनाउन माग गरेका हुन् ।
कमल गाँउपालिकाको साविक लखनपुरस्थित शसस्त्र प्रहरीको गण अगाडि नभए अन्यत्र ठाँउमा आफूहरु जग्गा खोज्न तयार रहेको भन्दै उनीहरुले माईपश्चिमको यो योजना अन्यत्र सारिएमा आन्दोलनमा उत्रने चेतावनी दिए ।
दमक खेलकुद विकास समितिका अध्यक्ष केन्द्र प्रसाईले नामाकरण विवादका कारण त्यस रंगशालाको योजना सरकारले अन्यत्र सार्न खोजिए आफुहरुलाई त्यो मान्य नहुने बताए । नामको विषयमा आफुहरु बिमतिमा नउत्रने जनाउदै जसरी पनि रंगशाला बन्नु पर्ने उनको भनाई थियो ।

शिवसतासी खेलकुद विकास समितिका संयोजक फूर्वा लामाले लखनपुरमा नभए आफुहरु शिवसतासीमा अन्तराष्ट्रिय रंगशालाका लागि ठाँउ खोज्न तयार रहेको बताए । उनले जसरी पनि माइपश्चिम क्षेत्रमा नै रंगशाला बन्नु पर्नेमा जोड दिए ।

दमकको धुब्रतारा स्पोर्टिङ्ग क्लवका पूर्व अध्यक्ष भीमराज कट्वाल, दमक लखनपुर भेट्रान क्लवका अध्यक्ष प्रेम पाण्डे लगायतले पनि लखनपुरमा प्रस्ताव गरिएको अन्तराष्ट्रिय रंगशालाको योजना अन्यत्र लैजान खोजिएकोमा आपत्ति जनाए ।

जातिय संस्था, राजनीतिक दल,प्रशासनसहित सरोकारवालाहरुको सहमतिमा २०६० सालमा त्यहाँ रहेका समाधिस्थल नष्ट गरेर पितृहरुको स्मृतिमा आदिवासी रंगशालाको काम शुरुवात भएको थियो । चिहानस्थलका करिव ३८ विगाहा जमीनमा बर्षोदेखिका ७ सय ७८ जनाको चिहान नष्ट गरेर रंगशाला निर्माण शुरु भएको थियो ।
सरकारले समेत विभिन्न समयमा राष्ट्रिय खेलकुद परिषदमार्फत रु ३ करोड बढी लगानी गरेको आदिवासी रंगशाला तथा स्मृति पार्क प्रतिष्ठानका अध्यक्ष हुकुमसिंह राईले वताए । त्यस वजेटले रंगशालाको आधारभूत संरचनाका कामहरु भएको थियो । तर पछिल्ला वर्ष रंगशालामा नामाकरण विवादले काम हुन नसकेको उनको भनाई छ । रंगशाला नामकरणले नै काम हुन रोकिएको भए त्यसमा समेत हामी जातिय सरोकारवाला पक्षहरु सम्बद्ध निकायसंग छलफल गर्न तयार रहेको अध्यक्ष राईले वताए । HamroDamak

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय