Tuesday, October 8, 2024

सरकारविरुद्ध उत्रियो कांग्रेस, आज देशभर प्रदर्शन

spot_img

२१ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ । महँगी, भ्रष्टाचार र सरकारका कतिपय निर्णयको विरोधमा कांग्रेसले देशव्यापी प्रदर्शन गर्न लागेको हो ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महंगी, भ्रष्टाचार तथा सरकारका अनेक जनविरोधी निर्णयविरुद्ध कांग्रेसले सोमबार देशव्यापी प्रदर्शन गर्न लागेको जानकारी दिए ।

प्रदर्शन ७७ वटै जिल्लास्थित सदरमुकाममा गर्न लागिएको कांग्रेसले जनाएको छ । प्रदर्शनलाई प्रभावकारी बनाउन केन्द्रीय सदस्यहरुलाई जिल्ला खटाएको कांग्रेसले आम कार्यकर्ता तथा समर्थकहरुलाई यसमा सहभागी हुन आग्रह गरेको छ ।

चिकित्सा शिक्षा विधेयकमा आफ्ना सरोकारहरु नसमेटिएको भन्दै कांग्रेस रुष्ट बनेको छ । त्यस्तै, वाइडबडी खरिदमा भएको घोटालाको निष्पक्ष छानबिनलाई पनि कांग्रेसले आफ्नो प्रमुख एजेन्डा बनाउँदै आइरहेको छ । बूढीगण्डकी बहुउद्देश्यीय परियोजना विनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई दिने सरकारी निर्णयबाट पनि कांग्रेस बेखुस बन्दै आएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय