Tuesday, October 8, 2024

नेपाल सुशासनको दृष्टिले १ सय ८० देशमध्ये १ सय २४ औं स्थानमा : गतवर्षभन्दा २ स्थान तल

spot_img

१५ माघ, काठमाडौँ । नेपालमा भ्रष्टाचारको अवस्था गतवर्षकै जस्तै रहेको देखिएको छ । सन् २०१८ को भ्रष्टाचार अवधारणा सूचकांक (करप्सन पर्सेप्स इन्डेक्स– सीपीआई) मा नेपालले गतवर्ष झैं ३१ अंक पाएको हो । गतवर्ष नेपालभन्दा पछाडि रहेका मुलुकहरुले आफ्नो अवस्था सुधार गरेका कारण नेपालका स्तर गतवर्षभन्दा तल पुगेको छ ।

गतवर्ष सुशासनको दृष्टिले १ सय २२ औं मुलुक बनेको नेपाल यो वर्ष २ स्थान तल झरेर १ सय २४ औं भएको हो ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपाल लगायतका मुलुकमा भ्रष्टाचार विरुद्धको अभियानमा संलग्नहरुलाई असफल बनाउने प्रयासलाई प्रमुख चुनौतीको रुपमा लिएको छ । प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रममा टीआई नेपालका अध्यक्ष खेमराज रेग्मीले राजनीतिक स्थायीत्वपछि अब सरकारको पहिलो प्राथमिकता सुशासन हुनुपर्ने बताए । ‘राजनीतिक स्थिरतापछि पनि सुधार नदेखिनु दु:खद हो,’ उनले भने, ‘सुशासनका लागि अझ प्रतिवद्ध भएर लाग्नुपर्ने चुनौती छ ।’

अघिल्लो वर्ष नेपाल ३१ अंकका साथ १ सय २२ औं स्थानमा थियो । १ सय ७६ वटा मुलुकहरुमा सर्वेक्षण हुँदा १ सय २२ औं स्थानमा रहेको नेपाल यसपटक १ सय ८० वटा मुलुकमा सर्वेक्षण हुँदा १ सय २४ औं स्थानमा पुगेको हो ।

नागरिक र सेवाग्राहीले व्यक्त गर्ने अवधारणका आधारमा तय गरिने भ्रष्टाचार अवधारणा सूचकांक(करप्सन पर्सेप्सन इण्डेक्स–सीपीआई) प्रतिवेदन तयार गर्ने क्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल आफै प्रत्यक्ष संलग्न हुदैन । विभिन्न अन्तराष्ट्रिय गैरसरकारी संस्था र दातृ निकायहरुले गर्ने सर्वेक्षणका क्रममा संकलन गरिने सूचनालाई विश्लेषण गरेर समग्र सूचक निकालिन्छ ।

सन् २०१८ मा नेपालका लागि सीपीआई तयार गर्ने क्रममा ६ वटा संस्थाहरु संलग्न भएको टीआई नेपालका कार्यकारी निर्देशक आशिष थापाले बताए । उनका अनुसार, विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाईट, बर्टेल्सम्यान फाउण्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र भेराइटिज अफ डेमोक्रेसी प्रोजेक्ट(भीडीईएम) यसपटकको सर्वेक्षणमा सहभागी थिए । यी मध्ये भेराईटिज अफ डेमोक्रेसी प्रोजेन्ट सर्वेक्षणमा तेस्रोपटक सहभागी भएको हो । यी सबै संस्थाले दिएको अंकको औसत निकालेर सूचकांक तयार गरिन्छ ।

नेपालको स्थिती दक्षिण एसियाली मुलुकहरुमा बंगलादेश र अफगानिस्तान बाहेकका मुलुकभन्दा राम्रो छ । अस्थिर राजनीतिक अवस्था र सैनिक हस्तक्षेप भोगेको पाकिस्तानको भन्दा नेपालको अंक कमजोर छ । १०० पूर्णाङक मानी तयार गरिने सूचकांकमा ५० भन्दा कम अंक पाउने मुलुकहरु भ्रष्टाचारग्रस्त मानिन्छन् ।
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय