Tuesday, October 8, 2024

प्रधानमन्त्रीलाई विमानस्थलमा कालो झण्डा , चार जना प्रक्राउ

spot_img

१२ माघ, काठमाडौं । स्विट्जरल्यान्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी भएर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फिर्ता भएका छन् । विमानस्थलमा आगमन हुँदै गर्दा प्रधानमन्त्रीलाई कालो झण्डा देखाईएको छ । भीआईपी कक्ष अगाडि प्रधानमन्त्रीलाई कालो झण्डा देखाएपछि काँग्रेसको भातृ संगठन नेविसंघका ४ नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

 

प्रक्राउ पर्नेहरुमा नेविसंघका केन्द्रीय सदस्य सुशील भट्ट नेताहरु निरञ्जन थापा, सुवास घिमिरे सुदीप अधिकारी रहेका छन् । उनीहरुले सरकारले दुई तिहाईको दम्भमा जबरजस्ती चिकित्सा विधेयक पारित गरेको बिरोधमा प्रधानमन्त्रीलाई कालो झण्डा देखाईएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय