Tuesday, October 8, 2024

नेपाली कांग्रेसले अवरुद्ध गर्यो सोमबारको संसदको बैठक

spot_img

७ माघ, काठमाडौं । नेपाली कांग्रेसले सोमबारको प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ।

कांग्रेसका पूर्वसभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पतालहरु केन्द्र सरकार मातहत नराखेको भन्दै कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको हो।

बैठकको सुरुमै कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले समय मागेर बोलेका थिए। उनले कांग्रेसका नेताहरुको नाममा रहेका अस्पताल राजनीतिक पूर्वाग्रह राखेर खारेज गर्न लागिएको आरोप लगाए।

संसद बैठकमा बोल्दै नेता गच्छदारले गोविन्द केसीसँग भएको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने माग पनि गरेका थिए।

यही विषयलाई लिएर नेपाली कांग्रेसले राष्ट्रियसभाको बैठक पनि अवरुद्ध गरेको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय