Tuesday, October 8, 2024

डा केसीको अनसनलाई बेवास्ता गर्दै विधेयक पारित गर्ने तयारी

spot_img

७ माघ, काठमाडौं । अनसनरत डाक्टर गोविन्द केसीका मागलाई बेवास्ता गर्दै प्रतिनिधि सभाले चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ।

केही दिनअघि शिक्षा तथा स्वास्थ्य समितिले  संसदमा पेश गरेको विधेयकलाई सोमबारको बैठकबाट पारित गर्ने तयारी भएको छ।

सोमबारको संसद बैठकमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयकमाथि छलफल होस् भन्ने र पारित होस् भन्ने प्रस्ताव गर्ने कार्यसूची तय भएको छ।

मध्यान्ह १२ बजे सुरू हुने बैठकको अन्तिम कार्यसूचीमा चिकित्सा शिक्षा विधेयक राखिएको छ।

उपसमिति र  समितिमा विधेयकमाथि फरक मत राखेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरोध गर्न सक्ने भएकाले बैठकको अन्तिम कार्यसूचीमा चिकित्सा शिक्षा विधेयक राखिएको हो।

समितिले तयार पारेको विधेयकमा आफूसँग भएको सम्झौताविपरितका व्यवस्थाहरू रहेको भन्दै डाक्टर केसी पुस २५ गतेदेखि अनसनरत छन्।

अनसनको १३ औं दिन बितिसक्दा पनि सरकारले केसीसँग वार्ता गर्नका लागि कुनै पहल गरेको छैन। केही दिनअघि आफूले संसदलाई डाक्टर केसीसँगको सम्झौताअनुसार कानुन बनाउन आदेश दिन नसक्ने बताएका बताएका प्रधानमन्त्री केपी शर्मा ओली झन्डै साता दिन लामो  स्विट्जरल्याण्ड भ्रमणका लागि गएका छन्।

डाक्टर केसीले भने आफ्नो माग पूरा नभएसम्म अनसन जारी रहने बताएका छन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय