Wednesday, November 27, 2024

आत्महत्याको मुख्य कारण ‘डिप्रेसन’

spot_img

विश्व स्वास्थ्य संगठनको तथ्याङ्कसँगै विभिन्न अनुसन्धानका क्रममा आत्महत्याको कारणहरुमध्ये ‘डिप्रेसन’ मुख्य कारण भएको हुँदा त्यसको उपचार आवश्यक भएको मनोचिकित्सक डा. निदेश सापकोटाले बताए ।

आत्महत्याको न्यूनिकरण गर्ने उद्धेश्यले बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल र ईलाका प्रहरी कार्यालय अनारनमीको संयुक्त आयोजनामा विहिबार न्यू होप इङलिस बोर्डीङ स्कूलको सभाहलमा सम्पन्न भएको अभिमुखिकरण कार्यक्रमलाई सहजिकरण गर्ने क्रममा सहजकर्ता डा.सापकोटाले सो कुरा बताएका हुन् ।

हस्पिटलका मनोचिकित्सा विभाग प्रमुख रहेका सापकोटाले सत प्रतिशतमध्ये ९० प्रतिशत मानसिक रोगी र उक्त ९० प्रतिशतलाई सय प्रतिशत मान्दा ८० प्रतिशत डिप्रेसनका रोगी रहेका छन् । समयमै उपचार गर्न नसके त्यसले आत्महत्याको जोखिम निम्त्याउने हुँदा त्यसको लागि नीति निर्माताहरुले ध्यान दिन आवश्यक रहेको उनले बताए ।

विकसीत देशहरुको तुलनामा अविकसित देशमा ७५ प्रतिशत बढी आत्महत्याको संख्यामा वृद्धी हुने गरेको उनले जानकारी दिए । विश्वमा प्रत्येक वर्ष आठ लाख मानिसले आत्महत्या गर्ने गरेको जानकारी गराउँदै उनले धेरै आत्महत्या हुने देशको सूचीमा हाल नेपाल विश्वको सातौं स्थानमा रहेको बताए ।

तथ्याङ्क अनुसार नेपालमा एक लाख जनसंख्या बराबर २० जनाले आत्महत्या गर्ने गरेका छन् । सशस्त्र द्धन्द, प्राकृतिक प्रकोपलगायतले सृजना गर्ने बेरोजगारी, बसाईं, तनावलगायतका कारण मानिस डिप्रेसनको शिकार हुँदा आत्महत्याको संख्यामा थप वृद्धी भएको अनुसन्धानबाट पत्ता लागेको उनी बताउँछन् । जसको उदाहरण प्रस्तुत तथ्याङ्क अनुसार २०७२ सालको विनाशकारी महाभूकम्प आउन तीन महिना नौ सय ६५ वटा आत्महत्याको घटना भएकोमा महाभूकम्पको तीन महिनापछी उक्त संख्यामा वृद्धी भई एक हजार तीन सय ६३ वटा घटना पुगेको थियो ।

त्यसैगरी कार्यक्रमका अर्का सहजकर्ता ईप्रका अनारमनीका प्रमुख डिएसपी कृष्णप्रसाद कोइरालाले इन्टरनेट तथा सामाजिक सञ्जालको दुरुपयोगका कारण पनि मानिस डिप्रेसनको शिकार भई आत्महत्या गर्न उद्धत हुने हुँदा त्यसको प्रयोगमा सचेत हुनुपर्ने बताए । डिएसपी कोइरालले इन्टरनेट तथा सामाजिक सञ्जालको दुरुपयोगले हुने अपराध, आइपर्ने समस्या र बच्ने उपायका विषय सहजिकरण गरेका थिए ।

उक्त विषय अन्र्तगत उनले सहभागीहरुलाई साईबर अपराध र त्यसको किसिम, हाल नेपालमा देखिएका समस्या र अपराध, समस्याका कारण, सुरक्षित हुन र अपराधबाट जोगिन के गर्ने, फेसबुक प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु, एकाउन्ट सेक्युरिटीमा ध्यान दिनुपर्ने कुराहरु, फेसबुकका बेफाईदाहरु, कानुनमा उल्लेखित ऐन् र कार्वाही, मोबाइल प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु लगायतको विषयमा जानकारी गराएका थिए ।

जिल्लामा बढ्दै गएको आत्महत्याको घटना न्यूनिकरणका लागि समुदाय–प्रहरी साझेदारी अभियान अन्र्तगत आयोजना भएको उक्त सचेतना कार्यक्रममार्पmत् १० हजार विद्यार्थीलाई सहभागी गराउने लक्ष्य आयोजकको रहेको हस्पिटलका जनसम्र्पक अधिकृत प्रमिश गिरीले जानकारी दिए । मोहनमाया माध्यमिक विद्यालयबाट सुरु भएको उक्त कार्यक्रममा जिल्लाको १० स्थानमा गर्ने अधिकृत गिरीले बताए ।

सो अभिमुखिकरण कार्यक्रममा न्यू होपसँगै ब्लयू हेभन इङलिस बोर्डीङ स्कूल र प्रतिभा नमूना बोर्डीङ स्कूलका कक्षा ८, ९ र १०मा अध्धयनरत् १८० भन्दा विद्यार्थी सहभागी रहेको न्यू होपका निर्देशक बालगोपाल गौतमले जानकारी दिए । कार्यक्रममा वडा नम्बर २का वडाध्यक्ष रघुनाथ खनाल, वडा नम्बर ३का वडाध्यक्ष जीवकुमार भण्डारी “जीवन”, अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शी, प्रसाद गुरागाईंलगायतको सहभागिता रहेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय