Monday, October 7, 2024

संसद अवरुद्ध गर्ने कांग्रेसको तयारी

spot_img

२५ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने तयारी गरेको छ। बुधबार दिउँसो १ बजे बस्ने बैठकमा प्रश्न सोध्न पाउनुपर्ने माग राख्दै कांग्रेस नेताहरूले संसद अवरुद्ध गर्ने तयारी गरेका छन्।

‘प्रतिनिधिसभा नियमावलीमा कुनैपनि मन्त्री अथवा प्रधानमन्त्रीले सार्वजनिक महत्वको विषयमा बोलेपछि सांसदले त्यसमाथि प्रश्न गर्न पाउने व्यवस्था छ’ कांग्रेस सचेतक बालकृष्ण खाँडले भने,’सभामुखले हामीलाई यो अधिकारबाट बन्चित गर्न खोज्नुभयो, अधिकार प्राप्तिका लागि आज पनि संसदमा आवाज उठाउने तयारी गरेका छौं।’

प्रतिनिधिसभा बैठकमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक महत्वको वक्तव्य दिएपछि कांग्रेस सांसदले सोही दिन बैठक अवरोध गरेका थिए। प्रधानमन्त्रीलाई प्रश्न गर्न पाउनुपर्ने माग गर्दै उभिएका कांग्रेस सांसदलाई सभामुख कृष्णबहादुर महराले प्रश्न उत्तरको समय होइन भन्दै समय नदिएपछि बैठक अवरुद्ध भएको हो।

कांग्रेसले चर्को विरोध गरेपछि सभामुखले सीमित व्यक्तिलाई बोल्ने समय दिन्छु भन्दै कांग्रेस सांसद मिनेन्द्र रिजाललाई बोलाए। तर, कांग्रेस सांसदले सीमित सदस्यलाई मात्र समय दिएर नहुने भन्दै बैठकमा अवरोध गरेका थिए।

सभामुखले समय नदिएपछि कांग्रेसका सबै सांसदले  रोष्टम घेराउ गरेर नाराबाजीसमेत गरेका थिए। नाराबाजीबीच पनि संसद्‍को अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले निवृत्तिभरण पोस्ट विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गरे। प्रतिवेदन पेश गर्दा पनि कांग्रेसको अवरोध जारी गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए।

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय