Tuesday, October 8, 2024

प्रधानमन्त्रीको संवोधनमा प्रश्न गर्न नपाएपछि संसदमै हंगामा, बैठक स्थगित

spot_img

२२ पुस, काठमाडौँ । प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद्ले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।

मध्यान्ह १२ बजेदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि आफूलाई बोल्न नदिएको भन्दै काँग्रेसका सांसदले हो-हल्ला गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो।

सभामुख कृष्णबहादुर महराले यो प्रश्न उत्तरको कार्यक्रम हैन भन्दै सांसदलाई बस्न आग्रह गरेका थिए। तर काँग्रेस सांसदले आफूहरुले प्रधानमन्त्रीको संवोधनमा प्रश्न गर्न माग गर्दै उभिएर विरोध गरे ।

कांग्रेस सांसदहरुले उभिएर विरोध गरेपछि सभामुख महराले ‘सिमित सदस्यलाई प्रश्न गर्न अनुमति दिन्छु’ भन्दै मिनेन्द्र रिजालको नाम लिए। तर उनले सभामुखको प्रस्ताव अस्वीकार गरे ।

लगतै सभामुखले प्रश्न गर्ने कार्यक्रम हटाएको सूचना दिँदै अर्थ समितिका सभापति कृष्ण दाहाललाई निवृत्तिभरण कोषसम्बन्धी विधेयकको प्रतिवेदन पेश गर्न समय दिए। त्यसपछि काँग्रेसका सबै सांसदहरु उठेर हो-हल्ला गर्दै विरोध गर्न थालेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेको जानकारी दिए।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय