Tuesday, October 8, 2024

राष्ट्रपति बिद्यादेवि भण्डारी पुस १८ मा सुरुङ्गा आउदै

spot_img

१७ पुस,सुरुङ्गा । राष्ट्रपति बिद्यादेवि भण्डारी यहि पुस १८ गते बुधवार सुरुङ्गा आउनुहुने भएको छ ।
कनकाई नगरपालिका ३ स्थित योगमाया पार्क तथा यस क्षेत्रका जनताद्धारा जिल्लामै सर्बोकृष्ट तरिकाले गरिएको पिच बाटोको उद्घाटन गर्न राष्ट्रपति भण्डारी झापा सुरुङ्गा आउन लाग्नुभएको हो ।

सुरुङ्गामा यस क्षेत्रका जनताले कनकाई नगरपालिकासगको समन्वयमा पिच बाटो र राणा कालमा सतीप्रथाको बिरुद्धमा आत्मदाह गर्ने शाहसी नारी योगमाया न्यौपानेको शालिक निर्माण गरि गाउँकै नाम योगमाया नामकरण गरेका हुन । योगमाया टोल पुर्वपश्चिम राजमार्ग सुरुङ्गा चोकदेखि १ किलोमिटर दक्षिणमा पर्दछ । यस अघि यस टोललाई टप्पु भनिने गरिएको थियो । शाहसिक महिलाको शालीक नेपालकी प्रथम महिला राष्ट्रपतिको हातबाटै उद्घाटन गर्ने उद्धेश्यका साथ यस क्षेत्रका महिलाले लामो समय कुरेपछि राष्ट्रपतिको बाहुलीबाट शालिक अनावरणको मौका मिलेको योगमाया मार्ग निर्माण समितिका उपाध्यक्ष तथा कनकाई प्रेस क्लवका अध्यक्ष लीलाराज झापालीले बताउनुभयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय