Tuesday, October 8, 2024

१३ दिनदेखि वडाध्यक्ष बेपत्ता

spot_img

१५ पुस,अर्घाखाँची । मालारानी गाउँपालिका २, का वडाध्यक्ष विष्णुप्रसाद भुसाल (विनोद) १३ दिनदेखि सम्पर्कविहीन छन ।

पुस २ गते घरबाट खाना खाएपछि परिवारलाई लु १ ब १७४५ नम्बरकोमोटरसाइकल मर्मत गर्न जनाएर सदरमुकाम सन्धिखर्क गएका थिए । मोटरसाइकल मर्मत पसलमा छाडेर शान्तिबगैंचाबाट बस चढेर गोरुसिंगे पुगेका थिए ।

उनी त्यहाँ ओर्लिएपछि कता गएअहिलेसम्म अत्तोपत्तो छैन । लु१ख ७१६० नम्बरको बसका चालक सन्तोष भुसालले दाङ जाने गाडी भए पनि यात्रु थोरै भएकाले सबैलाई गोरुसिंगेमा ओरालेको बताए ।

विनोद सिटमा बसेर त्यहाँसम्म पुगेका थिए । ‘त्यसपछि कता गए मैले देखिनँ,’ उनले भने ।’ उनले मोबाइल बसमै छाडेका थिए । उनी महेन्द्र राजमार्ग पुगेको केही समयपछि मोबाइलमा घण्टीबज्यो । ‘मैले सहचालकलाई उठाउन भने,’ बस चालक भुसालले भने, ‘उहाँकी श्रीमतीले फोन गर्नुभएको रहेछ ।’ आफूले उक्त मोबाइल घरमा पुर्‍याइदिएको उनले बताए ।

उनलाई कसैले पनि कहाँगएका हुन् पत्ता लगाउन सकेका छैनन् । ‘कतै केही कामले गए होलान्, आउलान् भनेको त १३ दिनसम्म अत्तोपत्तो छैन,’ उनका दाजु जीवलालले भने, ‘जताततै नातेदार, इष्टमित्र, साथीभाइकहाँखोज्दा पनि भेट्टाउन सकिएन ।’ धेरै समय वडाको काममा व्यस्त हुन्थे । डाँडाकटेरी घर भएका भुसाल तत्कालीन एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

सन्धिखर्कबाट गोरुसिंगेसम्मको ३ घण्टा यात्रा गर्दा गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य, वडासदस्य लीलबहादुर पाण्डे र श्रीमतीले फोन गर्दा उठाएका थिएनन् । परिवारका अनुसार कसैसितआर्थिक कारोबार, लेनदेन थिएन । हराएकाले खोजिदिन परिवारले प्रहरीमा निवेदन दिएको छ ।

जताततै खोजीकार्य गर्दा कतै फेला पर्न नसकेकाले मालारानी गाउँपालिकाले सन्धिखर्कमा पत्रकारसम्मेलन गरेर खोजिदिन सबैलाई अनुरोध गरेको छ । प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र मरासिनीले खोजीमा सबैले सहयोग गरिदिन आग्रह गरे ।
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय