Saturday, October 5, 2024

ए डिभिजन लिगः आज तीन खेल हुँदै

spot_img

११ पुस, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लबले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) सँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहान ११ बजे सुरु हुनेछ ।

लिगको आठौं स्थानमा रहेको हिमालयन शेर्पा क्लबले १२ औं स्थानमा रहेको बीबीसीसँग प्रतिस्पर्धा गर्न लागेको हो । दुवै टिम जिते हात पार्ने लक्ष्यसहित मैदानमा प्रवेश गर्ने छन् ।

त्यस्तै, सातदोबाटोमै हुने अर्को खेलमा जावलाखेल युथ क्लबले मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ । दिउँसो २ बजेर ३० मिनेटमा सुरु हुने खेलमा दुवै टिम जित हात पार्ने लक्ष्यमा रहेका छन् ।

हलचोकस्थित एपीएफको मैदानमा आजै हुने अर्को खेलमा लिगको पुछारमा रहेको न्युरोड टिम (एनआरटी) क्लबले फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्दै छ ।

लिगको शीर्ष स्थानमा भने मनाङ मर्स्याङ्दी क्लब रहेको छ । मनाङको १०औं खेलबाट ३० अंक रहँदा लिगको दोस्रो स्थानमा रहेको संकटा क्लबको २५ अंक रहेको छ ।

त्यस्तै, लिगको तेस्रो स्थानमा रहेको थ्रीस्टार क्लबलको भने २३ अंक रहेको छ । यता, उपाधि दौडबाट बाहिरिसकेको आर्मीको भने १० खेलबाट १८ अंक रहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय