Saturday, October 5, 2024

राेहित चन्द इन्डाेनेसियामा वर्षकाे उत्कृष्ट खेलाडी घाेषित

spot_img

२४ मंसिर । रोहित चन्द सार्क क्षेत्रभन्दा बाहिरी देशमा उपाधि जित्ने पहिलो नेपाली फुटबल खेलाडी बनेका छन् । यसअघि गोलकिपर किरण चेम्जोङले विदेशी भूमिमा उपाधि जिते पनि सबै सार्क क्षेत्रकै थिए । किरणले मल्दिभ्स र भारतको आई लिगको उपाधि जितेका थिए ।

रोहित सन् २०१३ देखि निरन्तर पर्सिजा टिमबाट खेलिरहेका छन् । जसमा उनले यो सिजनमा २१ खेल खेल्दा तीन गोल गरेका थिए । नेपाली मिडफिल्डर रोहित चन्दको टिम पर्सिजाले इन्डोनेसिया फुटबल लिग वन को उपाधि जितेको छ । जसमा रोहित लिगको मोष्ट भ्यालुयवल खेलाडी बने ।

लिगको अन्तिम खेलमा मित्रा कुकरलाई दुई एकले हराउँदै लिगको शीर्ष स्थानमा रहदै उपाधि जित्यो । पर्सिजाको जितमा सिमिसले दुई गोल गरे । जसका कारण लिगमा पीएसएमलाई एक अंकले पछि पार्दै रोहितको टिमले उपाधि जित्न सफल भयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय