Monday, October 7, 2024

झापामा मदिरा नियन्त्रणको तयारी अधिकांश व्यापारी त्रसित

spot_img

१२ कार्तिक, सुरुङ्गा । झापा जिल्लामा आगामी माग महिनाबाट मदिरा नियन्त्रण गर्ने तयारी भइरहेको छ ।

गत साता जिल्ला प्रहरी कार्यलय र जिल्ला सरकारी कार्यलयले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेर जिल्लामा अपराध नियन्त्रण गर्न मदिरा नियन्त्रण गर्ने बताएका थिए । जिल्लाभरका जनप्रतिनिधिको सहभागिता रहेको कार्यक्रममा प्रस्तुत गरिएको योजनामा सबैले सहमति जनाएका थिए । यसरी अभियानको रुपमा विहार राज्यको संसदले सन् २०१६ अप्रिलबाट रक्सीमा रोक लगाउने विधेयक पास गरेको थियो । त्यस यता,सो क्षेत्रका नागरिक नेपाली बजारमा मदिरा सेवन गर्न आइरहेका छन् ।

जिल्लामा बाल उमेर समूह समेत मदिरा सेवन गरेर अपराधिक गतिविधिमा संलग्न भएको प्रहरीको तथ्याङमा छ । सबै उमेर समुहका नागरिक मदिरामा लिप्त भइरहेका बेला झापामा भएको यो तयारीलाई चुनौतिका रुपमा लिइएको छ । मदिरा व्यापारीहरुले यसको कार्यन्वयन सहज नभएको प्रतिक्रिया दिइरहेका छन् । रक्सी किन्न कसैले परिचय पत्र बोकेर नआउने बताउँछन् । सरकारकै तर्फ नीति बन्यो भने कार्यन्वयन सबैको जिम्मेवारी भएको व्यापारीहरुको भनाई छ । व्यापारीहरुको अनुसार नियम कार्यन्वयनमा कडाइ गर्ने हो भने समय कार्यन्वयनमा समय लाग्छ, संभावना पनि छ । खरिद प्रक्रियामा नियम लागु भए व्यापार पनि व्यवस्थित हुने उनीहरुको तर्क छ ।

कती व्यवसायीहरु झापामा मदिरा नियन्त्रण गर्नुभन्दा राज्यले उत्पदान गर्ने कम्पनी नै बन्द गर्नुपर्ने बताउछन् । उनीहरु भन्छन राज्यले व्यापार गर्न इजाजत पनि दिएको छ, नियन्त्रण पनि गर्ने भन्छ यो समस्या हो । बालबच्चालाई अहिले पनि रक्सी बिक्रि नगरेको १५÷२० वर्षकालाई दिएन भने व्यापारीसँग झगडा गर्छन् । व्यवसायीलाई मारमा नपार्ने गरी नियन्त्रणको विधि बनाउनु पर्ने उनीहरुको भनाई छ ।

मदिरा नियन्त्रणका लागि विक्रि केन्द्रको संख्या नियन्त्रण गर्ने, १० बजेसम्म विक्रि गर्ने व्यवस्थालाई संशोधन गर्ने, तोकिएको उमेर समुहलाई मात्र खरिद विक्रि गर्न कानुन बमोजिम नियमन गर्ने, खरिदकर्ताको परिचय पत्र अनिवार्य गर्ने तयारी गरिएको छ ।

झापाको १५ वटै स्थानीय तहमा मदिरा नियन्त्रण गरेर झापालाई मदिरा नियन्त्रित जिल्ला बनाउन लागिएको हो । हाल जिल्लाभर अव्यवस्थित रुपमा मदिराको व्यापार भइरहेको छ । एक सहकारी सहित १ हजार ६ सय ८२ वटा फर्मले मदिरा विक्रि गर्ने अनुमति लिएको आन्तरिक राजश्व कार्यलय मेचीको तथ्याङकमा उल्लेख छ ।

विहारमा नियन्त्रण शुरु भएपछि मान्यता प्राप्त ब्राण्डमात्र विक्रिका लागि खुला गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पूर्वी चम्पारणको मोतीहारी क्षेत्र अन्तर्गत मदिरा नियन्त्रण तथा अनुगमन गर्न ४१ टिम प्रहरी बल परिचालन गरिएको भारतीय सुरक्षा स्रोतले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय