Monday, October 7, 2024

४५ मिनेटको शल्यक्रियापछि आँखा जोगाएर निकालियो आँखैमा गाडिएको हँसिया

spot_img

बिर्तामोड, कात्तिक १० । बिएन्डसी टिचिङ हस्पिटलमा आँखामा हँसिया गाडिएको जटिल प्रकृतिको शल्यक्रिया सफल भएको छ ।

गएको ५ गते मामा घर गएकी दमक २ की ८ वर्षीया बालिका अन्सु गिरीको आँखामा हँसिया पसेको थियो । उनकी आमा विमला गिरीका अनुसार आफन्तसँग घाँस काट्न जाने क्रममा अन्सुले हसियाँ बोकेकी थिइन् । जाँदै गर्दा अचानक लड्न पुग्दा उनले बोकेको हँसिया दाहिने आँखाभित्र पसेको थियो ।

पथरीबाट उपचारका लागि बिएन्डसी ल्याइएकी बालिकाको नाक, कान, घाटी विभाग प्रमुख डा. धीरज गिरी नेतृत्वको चिकित्सकले सफल शल्यक्रिया गरेका थिए । डा. गिरीका अनुसार कमै मात्रामा हुने यस्ता घटना अति सम्वेदनशील हुने हुँदा आँखाको नशा सुरक्षित भए नभएको गहिरो अध्ययनपछि मात्र शल्यक्रिया गरिएको बताए । उनका अनुसार बालिकाको आँखाभित्र करिब ५ इञ्चजति हसियाँ पसेको थियो । हँसिया नाकको भागमा पनि पुगेर सानो घाउ भएको उनले बताए ।

करिब ४५ मिनेटको शल्यक्रियापछि नानीको दृष्टि सुरक्षित गर्न सफल भयौँ’, उनले भने । बालिकालाई बिहीबार डिस्चार्ज दिइएको छ । सफल शल्यक्रियापछि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बालिकाकी आमा विमलाले डाक्टरको टिमलाई ‘दोस्रो भगवान’ को रुप भएको भन्दै खुसी व्यक्त गरिन् । बिएन्डसीमा नेपालकै राम्रो मेसिन र राम्रा डाक्टर छन् भनेको सुनेको थिएँ, हो रहेछ’, उनले खुसी हुँदै भनिन् ।

उनले ९० हजारमा छोरीको उपचार सम्भव भएको बताइन् ।

हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसार्इंले बिएन्डसीमा बिएन्डसीको स्थापनाले जस्तोसुकै रोगको उपचार गर्न विदेश गइरहनु नपर्ने यस्ता शल्यक्रियाबाट सावित भएको उनको दाबी थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय