Monday, October 7, 2024

शनिवार बिर्तामोडमा रक्तदान कार्यक्रम हुदै

spot_img
बिर्तामोड । झापामा केही समय यता भइरहेको रगत अभावलाई तत्कालका लागि टार्न बृहत् रक्तदानको आयोजना गरिएको छ ।
वीरता जेसीजको आयोजना र नेपाल रेडक्रस सोसाइटी बिर्तामोडको प्राविधिक सहयोगमा हुने कार्यक्रमको उद्घाटन झापाका सञ्चारकर्मीले सामुहिक रुपमा रक्तदान गरेर गर्ने तय गरिएको छ ।
कात्तिक १० गते शनिवार बिर्तामोडको मुक्तिचोकस्थित दुर्गा मन्दिर परिसरमा विहान ९ः३० बाट रक्तदान कार्य शुरु हुने वीरता जेसीजका रक्तदान संयोजक ओमप्रकाश लुइँटेलले जानकारी दिए ।
झापामा केही समय यता रगतको अभाव खड्किएपछि नेपाल रेडक्रस सोसाइटीको आव्हानमा रक्तदान कार्यक्रमको आयोजना गरिएको वीरता जेसीजका महासचिव बिनोद पाण्डेले बताए ।
विरामीको जीवन बचाउनका लागि ‘रक्तदान जीवन दान’ भन्ने नाराका साथ हुने कार्यक्रममा सरिक भइ रक्तदान गर्नुहुन वीरता जेसीजका अध्यक्ष एकराज गिरीले सबैमा आव्हान गरेका छन् ।
मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य ठानी रगत अभावको यो बेला रक्तदान गर्नु  पुनित कर्म हुने बताइएको छ । पत्रकारिता पेशामा अहोरात्र खटिने झापाका सञ्चारकर्मी नै मानवताको सेवा समेत उत्तिकै अग्रसर समेत देखिएको पाइएको छ ।
झापाका २० बढी सञ्चारकर्मीले दुर्गा मन्दिर परिसरमा एकसाथ रक्तदान गरेर कार्यक्रमको शुभारम्भ गर्ने वीरता जेसीजले जनाएको छ ।
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय