Monday, October 7, 2024

चिया मजदुरले अझै पाएनन् दसैँ खर्च

spot_img

कात्तिक ८, झापा । नेपाल चिया विकास निगमको टोकला चिया बगानमा कार्यरत मजदुरहरुले दसैँ खर्च नपाएको बताएका छन् । मेची
नगरमा रहेको सो बगानमा २६१ जना स्थायी र २०० जना ज्यालादारी मजदुर कार्यरत छन् । श्रम ऐन २०७४ मा चिया मजदुरहरुले एक महिनाको पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चबापत पाउने व्यवस्था भए पनि निगम व्यवस्थापनले नदिएको भन्दै मजदुरहरुले बगानमै पत्रकार सम्मेलन गरी आपत्ति जनाएका छन् ।

श्रम ऐनले चिया मजदुरका लागि न्यूनतम मासिक तलब १० हजार ७८१ रुपैयाँ र दैनिक ज्याला ३८५ रुपैयाँ निर्धारण गरिदिएको छ ।मजदुरहरुले ऐनमा तोकिएबमोजिमको दसैँं खर्च माग्दा निगम व्यवस्थापनले कम्पनी घाटामा गएको भन्दै नदिएको नेपाल चिया मजदुर  श्रमिक संघका वरिष्ठ उपाध्यक्ष मिलन राईले बताए । विसं २०७४ मा जारी भएको श्रम ऐनमा चिया मजदुरको चाडपर्व खर्चबारे प्रस्ट व्यवस्था भएकाले निगम व्यवस्थापनले कानुनको उल्लंघन गर्नुका साथै मजदुरमाथि अन्याय गरेको नेपाल कृषि तथा चिया बगान श्रमिक संघ टोकला बगानका अध्यक्ष डम्बरबहादुर खत्री बताउँछन् ।

दुइ पटक पत्र लेखेर माग्यौ कयौ पटक मौखिक रुपमा भेटेर अनुरोध गर्यौ, संघ अध्यक्ष खत्री भन्छन्, ‘तर व्यवस्थापनले दिन मानेन, मजदुर साथीले यसपटकको दसैँ रोएर बिताउनुपर्यो ।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय