Monday, October 7, 2024

गुर्जा हिमालमा राति हिमपहिरो, ४ नेपालीसहित ८ को मृत्यु

spot_img

२७ असोज, म्याग्दी। म्याग्दीको गुर्जा हिमालमा शुक्रबार राति पहिरो जाँदा चार नेपालीसहित ८ जनाको मृत्यु भएको छ। बुर्जा हिमाल आरोहरणमा रहेका चारजना कोरियाली पर्यटक र उनीहरूको साथमा रहेका चार नेपाली भरिया हिमपहिरोमा पुरिएर मृत्यु भएको हो।

 

हिमपहिरोमा पुरिएकाहरूको उद्दारका लागि पुगेका सिम्रिक एअरका वरिष्ठ क्याप्टेन सिद्धार्थजंग गुरुङका अनुसार शवहरू यत्रतत्र छरिएको भेटिएको छ। घटनास्थल गुर्जा गाउँपालिकामा पर्छ।

पर्यटक प्रहरीका अनुसार घटना शुक्रबार राति करिब १० बजेतिरको हो। हावाहुरीसहित आएको हिमपहिरोले पर्यटहरू बसेको उक्त क्याम्प नै खसेको प्रहरीले जनाएको छ।

७१९३ मिटर उचाईको गुर्जा हिमाल धौलागिरी हिमशृंखलामा पर्छ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय