Monday, October 7, 2024

नुवाकोटमा र सिन्धुलीमा यात्रुबाहक बस दुर्घटना : ३ को मृत्यु, ११ गम्भीर घाइते

spot_img

काठमाडौं । नुवाकोट र  सिन्धुलीमा भएको बस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ११ जना गम्भीर घाइते भएका छन् ।

नुवाकोटमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना गम्भीर घाइते भएका छन् ।

नुवाकोटकै समुन्द्रटारबाट त्रिशुली जाँदै गरेको बा १ ख ६३५६ नम्बरको मिनिबस सूर्यगढी गाउँपालिका ५ फेरीखोला आज बिहान पौने १० बजे दुर्घटनामा परेको हो । दुर्घटनामा एक वृद्ध र एक महिलाको मृत्यु भएको नुवाकोट प्रहरीले बताएको छ । मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा गम्भीर घाइते भएका ५ जनालाई एम्बुलेन्सबाट थप उपचारका लागि काठमाडौं ल्याइँदै छ ।

स्थानीय यात्रु बोकेर समुन्द्रटारबाट त्रिशुलीतर्फ गुडेको बसमा ५० भन्दा बढी यात्रु रहेका थिए । दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएको नुवाकोट प्रहरीले बताएको छ ।
बस सडकबाट करिब १ सय मिटर तल खसेको छ ।

बसको क्षमता २८ जना यात्रु बोक्ने भएपनि बसमा करिब ५० जना यात्रु रहेको बताइएको छ । क्षमताभन्दा बढी यात्रु, तीब्रगति तथा बस धेरै पुरानो भएको र कन्डिसनमा नरहेको कारण दुर्घटना भएको दुर्घटनाका एक घाइतेले रातोपाटीलाई बताए ।

 

यसैगरी  सिन्धुलीको मरिङबाट काठमाडौंको लागि छुटेको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अरु ६ जना गम्भीर घाइते भएका छन् । ना ६ ख ९१२ नम्बरको सो बस स्थानीय मुलकोट भन्ने स्थानमा दुर्घटना भएको  हो ।

प्रहरीका अनुसार बस सडकबाट करीब ३०० मिटर तल खसेर टुक्राटुक्रा भएको छ । बसमा जम्मा ८ जनामात्रै सवार रहेको रहेका थिए । घाइतेहरुको जिल्ला अस्पताल सिन्धुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय