Monday, October 7, 2024

निर्मला पन्तको हत्यारा पत्ता लगाउन दबाब दिन नेवि संघद्वारा शैक्षिक संस्था बन्द

spot_img

१५ साउन, कञ्चनपुर । निर्मला पन्तको बलात्कार पछि हत्या भएको दुई महिनासम्म हत्यारा पत्ता लगाउन नसकेकोले दबाब दिन नेवि संघ कञ्चनपुरले सोमबार शैक्षिक संस्था बन्द गरेको छ । सरकारले घटानामा संलग्न दोषिलाई पत्ता लगाएर कारवाही गर्नुको साटो संरक्षण गरेको भन्दै नेवि संघ कञ्चनपुरले सोमबार शैक्षिक संस्था बन्द गरेको हो ।

सुदूरपश्चिम विश्वविद्यालयबाट नाराजुलुससहित निस्किएको विरोध र्‍यालीले छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । निर्मलाको न्यायका लागि आफूहरुले विरोध र दबाबका कार्यक्रमलाई निरन्तरता दिने नेवि संघ कचनपुरका जिल्ला सदस्य किशोर प्रसाद जोशीले बताउनुभयो ।

यसअघि, अनुसन्धानका क्रममा प्रहरीले डीएनए परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाएको निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र मेयरका भतिजा आयुष विष्टको डिएनए रिपोर्ट ‘नेगेटिभ’ देखिएपछि स्थानीय अझ सशंकित बनेका छन् ।

यता, अधिकारकर्मीले समेत छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै रिले अनसनलाई जारी राखेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय