Saturday, October 5, 2024

यूईएफए च्याम्पियन्स लिगको उपाधि स्पेनिस टोली रियल म्याड्रिडलाई

spot_img

स्पेनिस टोली रियल म्याड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । लन्डनको वेम्बली स्टेडियममा गएराति भएको फाइनलमा जर्मन टोली बोरुसिया डर्टमण्डलाई २–० गोलले हराउँदै रियलले उपाधि जितेको हो ।रियलका लागि ड्यानी कार्भाजालले खेलको ७४ औं र भिनिसियस जुनियरले ८३ औं मिनेटमा गोल गरे । रियलको यो कीर्तिमानी १५ औं च्याम्पियन्स लिग उपाधि हो ।

डर्टमण्ड सन् १९९७ पछि पहिलो पटक च्याम्पियन बन्ने मौकाबाट चुकेको छ । पछिल्लो पटक डर्टमण्ड सन् २०१३ मा च्याम्पियन्स लिगको फाइनल पुगेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय