Monday, October 7, 2024

नेपाल–मलेसिया श्रम सम्झौता : मानव संशाधनमन्त्री नेपाल आउँदै

spot_img

११ कार्तिक, काठमाडौं । बन्द रहेको मलेसिया रोजगारी सुचारु गर्न त्यहाँका मानव संशाधन मन्त्री एम कुले सेगरन आज काठमाडौं आउँदैछन् ।

नेपालीका लागि ६ महिनादेखि बन्द मलेसियाको रोजगारी पुनः सुचारु गर्न दुवै मुलुकबीच समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ । यसैका लागि मन्त्री कुले सेगरन काठमाडौं आउन लागेका हुन् । यसअघि संचालनमा रहेका बायोमेडिकल(बायोमेट्रिक) ओएससी, आइएससी जस्ता संस्थालाई निरन्तरता दिने सहमति भएपछि पहिलोपटक नेपाल र मलेसियाबीच (एमओयु) हुन थालेको हो ।

६ महिना अघिकै प्रक्रिया अनुसार मलेसियाले नेपालबाट कामदार लैजाने भएपनि अबदेखि कामदारको सम्पूर्ण खर्च मलेसियन रोजगारदाताले बेहोर्ने छन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय