Wednesday, October 9, 2024

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले भोलि बिहानसम्म हावाहुरीसहित पानी पर्ने सम्भावना

spot_img

४ वैशाख, काठमाण्डौ । उपत्यकासहित मध्य र पश्चिम तराईको मौसम अहिले सफा छ । अन्य ठाउँको मौसम बदली भई केही ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुसँगै स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले अहिले सफा रहेको ठाउँको मौसम पनि बदली भएर हुरीबतास र चट्याङसहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।

मौसमविद् शान्ति कँडेलका अनुसार पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले बिहीबार बिहानसम्मै धेरै ठाउँको मौसम बदली भएर हुरीबतास र चट्याङसहित पानी पर्ने संभावना छ । केही ठाउँमा असिना पनि पर्न सक्छ भने उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात पनि हुने मौसमविदको अनुमान छ ।

बिहीबारदेखि भने मौसममा केही सुधार हुने महाशाखाले जनाएको छ । तर पूर्ण रुपमा सफा हुन भने अझै केहि दिन लाग्ने मौसमविद्ले जानकारी दिएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय